१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ओडिसा घटनाबारे विपक्षी दलका सांसदहरुः सरकारको कुटनीतिक कमजोरीले नेपाली विद्यार्थीले अपमान सहनुपर्यो

ओडिसा घटनाबारे विपक्षी दलका सांसदहरुः सरकारको कुटनीतिक कमजोरीले नेपाली विद्यार्थीले अपमान सहनुपर्यो
प्रतिनिधिसभा बैठक
अ अ+ अ-

काठमाडौँ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणकारे सांसदहरुले सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुको मृतक विद्यार्थी र उनको परिवारलाई न्याय दिन उच्चतरीय राजनीतिक एवं कुटनीतिक वार्ता गर्न माग गरेका छन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको कुटनीतिक असक्षमताका कारण उक्त विश्वविद्यालयमा असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरेको बताउनु भयो । उहाँले मृतक विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरुमाथि भएको अमानवीय क्रियाकलापको घोर निन्दा गर्नुभयो । सिंगो संसदले उक्त घटनालाई गम्भिरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारतको ओडिसा राज्यको एक विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भयो । र त्यसपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै आनदोलन गर्नुभयो । आन्दोलनका क्रममा त्यहाँबाट अमानवीय व्यवहार गरियो । र सिंगै नेपाल र नेपालीमाथि धावा बोलियो । तर सरकारको कुटनीतिक असक्षमताका कारण त्यहाँ अहिलेपनि असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरिराखेको छ । म प्रकृति लम्सालको मृत्युप्रति दुःख व्यक्त गर्न चाहन्छु र हाम्रो दल नेकपा (माओवादी केन्द्र)को तर्फबाट घोर निन्दा गर्न चाहन्छु । सरकारको कुटनीतिक पहलकदमीका लागि जोडदार माग गर्न चाहन्छु । प्रकृति लम्सालको परिवारलाई उचित न्याय दिनका लागि उच्चस्तरीय राजनीतिक संवादको यथाशिघ्र थालनि गरेर समस्याको समाधान खोज्नका लागि जोडदार माग गर्दछु । सिंगो संसदले यो घटनालाई गम्भिरतापूर्वक लिनुपर्दछ ।’
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपालको कुटनीतिक रणनीति कमजोर भएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले नेपालको कुटनीतिक कमजोरीकै कारण विश्वविद्यालयका चौकीदारले समेत नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गरिरहेको बताउनु भयो । उहाँले सरकारको दुई तिहाईको दम्भ संसद भवन र सिंहदरबार बाहेकका नागरिकले अनुभव गर्न नपाएको बताउनु भयो । उहाँले देशको सेवा प्रवाहमा समेत सुधार नभएको बताउनु भयो । उहाँले मुलुकको कुटनीतिक संचरना नै सुधार गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म ओडिसामा भएको घटना एउटा घटनामात्र नभईकन यसको प्रवृत्ति र यसको अचरणमा जान चाहन्छु । हाम्रो डिप्लोम्याटिक रणनीति कति कमजोर भयो कि छिमेकी देशको स्कुलको चौकीदारले पनि नेपाली नागरिकलाई सजिलै पिटिदिन पाए । र तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको बजेट जति पनि छैन भनेर हेप्न पाए । हामी दुई तिहाईको दम्भ यो सिंहदरबार र सदनभन्दा बाहिर हाम्रो नागरिकले त केही पनि फिल गर्न पाएको रैनछ । कता के कन्फिडेन्स छैन । हाम्रो सेवामा सुधार केही पनि छैन । विदेशी देशमा हाम्रो आत्मसम्मान र सुरक्षा कतैपनि छैन । हाम्रो संरचना नै पुनर्निर्माण गर्नुपर्छ कि भन्ने प्रश्ताव गर्न चाहन्छु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले सरकारले उक्त घटनाको सत्यतथ्य छानविन गर्न कुटनीति पहल गर्न माग गर्नुभयो ।

सभाको आकस्मिक समयमा सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन् ।