१३ श्रावण २०८३, बुधबार
,
Latest
मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछः सांसद रोकाय



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिवर्तनका लागि लड्नेहरुसँग कुनै साइनो नभएका व्यक्तिहरु संविधानमाथि प्रहार गर्दै राष्ट्रिय सभाको गरिमालाई कमजोर बनाउने प्रयासमा लागेको बताउनु भयो । उहाँले संविधान र व्यवस्थामाथि प्रहार भइरहेकोले सबै राजनीतिक दलहरु गम्भिर बन्न समेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘जसले तीन तीन पाटक जनआन्दोलन गरेर यो मुलुकमा परिवर्तन ल्यायो । चाहे २००७ सालको आन्दोलन होस् । चाहे ०४६ सालको आन्दोलन होस्, चाहे ०६२÷६३ सालको आन्दोलन होस् । त्यो आन्दोलनबाट प्राप्त जुन संविधान छ । त्यो संविधानबाट हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । आज यसमा कुनै साइनो नभएका व्यक्तिहरुले संविधानमाथि प्रहार गर्नेगरी राष्ट्रिय सभाको जुन गरिमा छ । यस गरिमालाई कमजोर बनाउने गरी जुन खालका प्रवृतिहरु आएका छन् । यसमा हामी गम्भिर हुनुपर्दछ । मुलुकको परिवर्तनका निम्ति जुन जुन दलहरु सहभागि भयौं सबैले एकतावद्ध भएर यो संविधानलाई रक्षा गर्नको लागि आग्रह गर्न चाहन्छु ।’

उहाँले संविधान र लोकतान्त्रि व्यवस्थाको सुदृढिकरण जरुरी रहेको बताउनु भयो ।




भर्खरै