२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड (भिडियो सहित)



फाईल फोटो
अ+ अ-

पोखरा ।  पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको छ ।  सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो । पोखरामा विभिन्न केन्द्रहरुमार्फत् खोप अभियान सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिका वडा नं. ५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेहरुको भीड दैनिक १५ सय जनाभन्दा बढी रहेको बताउनुभयो ।

हालसम्म कुनैपनि खोप नलगाएकाहरुलाई जोन्सन एण्ड जोन्सन खोप दिइएको तथा पहिलो डोज लगाइसकेकाहरुलाई कोभिशिल्ड वा भेरोसेल कुन खोप लगाएको हो सो खोपको दोस्रो मात्रा दिइएको उहाँले बताउनुभयो । खोप केन्द्रमा पुरुष भन्दा महिला बढी संख्यामा खोप लगाउन आएका उहाँले उल्लेख गर्नुभयो ।

पहिले खोप लगाउन आग्रह गर्दापनि अस्वीकार गर्नेहरु अहिले खोप लगाउन आउने गरेको उहाँको भनाई छ । खोप लगाउनेको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दुरी समेत कायम गर्न नसकेको दृश्य देख्न सकिन्छ ।