१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिसंग तारे होटेलमा गोप्य भेटघाट गरेको छैन, तथ्यहीन समाचारको भ्रममा नपर्न आग्रह : महामन्त्री कोइराला



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गर्नुभएको छ । 

बिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री डा कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारको भ्रममा नपर्नसमेत आग्रह गर्नुभएको हो । कार्यक्रममा उहाँले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसगैँ विचार र सिद्धान्तमासमेत घनिभूत छलफल हुनुपर्ने बताउनुभएको थियो । 

महामन्त्री डा कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएपनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताउनुभएको थियो ।