२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदद्वारा खोटाङ आगलागी र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ मा भएको आगलागी एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद सरस्वती बजिमयले आइतबार भएको खोटाङको आगलागीमा पूजा सामग्री पसल र दोस्रो तल्लामा रहेको एक लघुवित्तको कार्यालयलगायतमा क्षति पुगेकाले पीडितलाई यथाशीघ्र राहत दिन माग गर्नुभयो । आगलागीबाट हुनसक्ने ठूलो क्षतिबाट बचाउन सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले योगदान गरेको पनि उहाँले सुनाउनुभयो । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले ग्यास सिलिन्डर बाहिर फालेका कारण आगो धेरैतिर फैलन नपाएको सांसद बजिमयले बताउनुभयो ।

सांसद रघुजी पन्तले नेपाल दुई सदनात्मक संसदीय प्रणालीको अभ्यास गर्ने मुलुक भएको उल्लेख गर्नुहुँदै एउटा सभाका एक सांसदले बोलेको विषयलाई अर्को सभाले खेद प्रस्ताव पारित गर्ने अभ्यास गलत भएको बताउनुभयो । राष्ट्रियसभा वृद्धाश्रम नभई पाकाहरुको संसद् भएको उल्लेख गर्नुहुँदै प्रतिनिधिसभाका सांसदविरुद्ध खेदप्रस्ताव पारित गरिनु दुःखद् भएको धारणा राख्नुभयो ।

सांसद रामकुमार राईले खोटाङको आगलागीमा रु सात करोडको क्षति भएको, दुई घर जलेर नष्ट भएको सुनाउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधिले मिलेर आगलागी नियन्त्रण गरेको उहाँले जानकारी दिनुभयो । तत्काल आगलागी पीडितलाई क्षतिपूर्ति र राहतको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

सांसद अशोककुमार चौधरीले चार घण्टापछि मात्र खोटाङको आगो निभाउन सकिएकाले सबै जिल्लामा दमकलको व्यवस्था गर्न माग गर्नुभयो । आगो निभाउनका लागि पूर्वतयारी गर्न पनि उहाँले सुझाव दिनुभएको थियो । सांसद वीरेन्द्रप्रसाद महतोले बलात्कारका घटनामा पीडितले आत्महत्या गर्ने अवस्था आउँदा पनि पीडित कानुनी कारबाहीको दायरामा नआउनु दुःखद भएको बताउनुभयो । सांसद सीताकुमारी रानाले दैलेखको पश्चिम क्षेत्रका केही विद्यालयमा तनावसँग सम्बन्धित रोग फैलिएकाले अन्तिम परीक्षा सुरु हुने बेलामा यस्तो रोगको समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद सूर्यबहादुर थापा क्षत्रीले आइतबार संसद्मा प्रश्नोत्तर सकेर प्रधानमन्त्री निस्कँदै गर्दा बाहिर बसेका पत्रकारले तपाईं हिटलरको बाटोमा हिँड्न खोजेको हो भनी सोध्नु जायज नभएको र पत्रकार आचारसंहिता विपरीत भएको बताउनुभयो । संसद्बाट निर्वाचित प्रधानमन्त्री हिटलर हुन नसक्ने उहाँको भनाइ थियो । पत्रकारले आफूलाई पनि हनुमान हो भनी प्रश्न सोध्ने गरेको उहाँको गुनासो थियो ।

सांसद सम्झना थपलियाले सिराहाकी रिङ्कुकुमार सदालाई केही व्यक्तिले सामूहिक बलात्कार गरेपछि सहन नसकी आत्महत्या गर्नुपर्ने अवस्थामा लगेको र प्रहरी मौन रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्ता अपराधमा संलग्न निर्धक्क हिँड्ने वातावरण नबनोस् भन्नेमा पनि उहाँले गृहप्रशासनसमक्ष आग्रह गर्नुभएको थियो ।