२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्र र ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइनः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजा वीरेन्द्र वा पूर्वराजा ज्ञानेन्द्र शाहको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल आउनुलाई क्रान्ति नभनिने टिप्पणी गर्नुभएको छ ।

सोमवार काठमाडौंमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम तथा पञ्चमार्क मुद्रा र भित्रिकोट दरबार अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले क्रान्ति राजा वीरेन्द्र, पूर्वराजा ज्ञानेन्द्रको ठाउँमा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउनुलाई क्रान्ति नभनिने बताउनु भयो । उहाँले क्रान्ति इतिहासमा, समाजमा, कृषि, विद्युत, उत्पादन प्रणाली र विज्ञान प्रविधिमा देखिनुपर्ने बताउनु भयो । मन्त्री गुरुङले राजनीतिक क्रान्तिको रापले यि विषयहरु छुन नसकेको बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘जेजे भइरहेको छ, त्यो मात्रै होइन हरेक चिजमा चेन्ज आउनुप¥यो । केही न केही परिवर्तन हुनुपर्यो । अनि न क्रान्ति भयो । क्रान्ति भनेको खालि वीरेन्द्रको ठाउँमा वा ज्ञानेन्द्रको ठाउँमा अब अहिले केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउँदैमा मात्रै क्रान्ति हुँदैन नि । क्रान्ति भनेको त हाम्रो इतिहासमा देखिनुपर्यो, समाजमा देखिनुप¥यो । हाम्रो कृषिमा देखिनुप¥यो । हाम्रो बिजुलीमा, उत्पादन प्रणालीमा, हरेक चिजमा देखिनुप¥यो । हाम्रो विज्ञान प्रविधिमा देखिनुप¥यो । राजनीतिक क्रान्तिको रापले यस्ता कुराहरु छोएको छैन । त्यो छुने अब हामीले बनाउनुपर्छ । यसलाई आधुनिकीकरण र व्यवस्थापन गर्नेकुरामा पनि हामीअघि बढ्नुपर्छ ।’

मन्त्री गुरुङले यसलाई आधुनिकीकरण र व्यवस्थापन गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताउनु भयो ।