१४ आश्विन २०८१, सोमबार
,
Latest
बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेनदेन निहुँमा आफ्नै साथीको हत्या



symbolic picture
अ+ अ-

झापा । झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको दुई दिनअघि जङ्गलमा लगी हत्या गरेको प्रहरीले जनाएको छ ।

दुवैबीच लेनदेन विवाद रहेको र हत्या भएको साँझतिर हावा खान जाऔँ भनी मृतककै मोटरसाइकलमा चढेर जङ्गलतिर जाने क्रममा गुडिरहेको मोटरसाइकलमै पछाडिबाट धारिलो कर्दले घाँटी रेटेको अभियुक्त लिम्बूले वयान दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

प्रहरीले अभियुक्त लिम्बूलाई शुक्रबार पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ । प्रहरीले घटनास्थल वरपरबाट मृतकले चलाएको मोटरसाइकल, आइफोन, धारिलो कर्द र अभियुक्तले प्रयोग गर्दै आएको मोबाइल फोन बरामद गरेको छ ।