२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह चालु वर्ष ६ लाख मेट्रिक टन मल आपूर्ति लक्ष्य, धान सिजनअघि ९० हजार टन थपिने… उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको पाँच खानेपानीमा दुई करोड चौहत्तर लाखको ठेक्का आह्वान



अ+ अ-

मकवानपुर । मकवानपुर जिल्लाको संघीय निर्वाचन क्षेत्र नंं २ अन्तर्गत ५ वटा छुट्टा छुट्टै खानेपानी आयोजनाका लागि २ करोड ७४ लाख ५८ हजारको ठेक्का आह्वान भएको छ ।

विभिन्न खानेपानी योजनाहरु सम्पन्न गर्ने गरी मकवानपुर २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाको पहलमा यी आयोजनाहरुमा चालु आ.व.मा संघीय खानेपानी मन्त्रालयबाट विनियोजित बजेट कार्यक्रमहरुबाट यो ठेक्का आह्वान भएको हो ।

एमाले नेता एवम् मुख्य सचेतक बर्तौलाको सचिवालयले दिएको जानकारी अनुसार कालीदेवी आनेपानी आयोजना थाहा नगरपालिका वडा नं. ९ को चित्लाङ खोनपानीको लागि रु. ३० लाख २९ हजार, इन्द्रसरोवर गाउँपालिकाको ३ नम्बर वडा स्थित रामचन्द्र भञ्ज्याङ खोनपानी आयोजनाको लागि रु. ४७ लाख २६ हजारको ठेक्का खुलेको हो ।

बर्तौलाको स्वकीय सचिव आशिष अस्लामीका अनुसार भीमफेदी गाउँपालिकाको वडा नंं ९ को बरदेउ खानेपानी योजनाको लागि रु. १ करोड ७ लाख ७३ हजार बराबरको ठेक्को खुलेको छ ।

त्यसैगरी नाकछेडा खानेपानी योजना थाहा नगरपालिका ११ को नाकछेडा खानेपानीको लागि रु. ४० लाख ६१ हजार र मनहरीको ९ नम्बरको माथिल्ले ज्यामिरे स्थित सुवेदीटोल खोनपानी योजनाको लागि रु. ३० लाख २८ हजारको ठेक्का आह्वान भएको छ ।




भर्खरै