२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण जारी छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले काठमाडौं उपत्यकाको धोविघाट, बालकुमारी, सल्लाघारी, हनुमानघाट, गोकर्णमा फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्य भइरहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उक्त आयोजना अन्तर्गत गुहेश्वरीमा ३ करोड २४ लाख लिटर प्रतिदिन क्षमताको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा रहेको बताउनु भयो । उहाँले मध्यपुर थिमी नगरपालिकाको मगरगाउँदेखि मनोहरा खोलाको दुवै किनारको पेप्सीकोला पुलसम्म र जडिबुटी पुलदेखि हनुमन्ते दोभान हुँदै बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रसम्म इन्टरसेप्टर ढल निर्माण गर्ने कार्य भइरहेको बताउनु भयो । उहाँले बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, मानवीय क्रियाकलाप तथा अन्तरदेशीय प्रदुषित वायुको प्रवाह वायु प्रदुषणको मुख्य कारण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरूमा सिधै मिसिइ रहेको फोहोरपानीलाई प्रशोधन गरी नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले काठमाडौँ उपत्यकाको धोविघाट, बालकुमारी, सल्लाघारी, हनुमानघाट, गोकर्णमा फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्य भइरहेको छ। उक्त आयोजना अन्तर्गत गुहेश्वरीमा ३ करोड २४ लाख लिटर प्रतिदिन क्षमताको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरी संचालनमा रहेको छ । मध्यपुर थिमी नगरपालिकाको मगरगाउँदेखि मनोहरा खोलाको दुवै किनारको पेप्सीकोला पुल सम्म र जडिबुटी पुलदेखि हनुमन्ते दोभान हुँदै बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रसम्म इन्टरसेप्टर ढल निर्माण गर्ने कार्य भइरहेको छ । माननीयज्यूले उठाउनुभएको उपत्यकाको वायु प्रदुषण कम गर्ने योजनाका सम्बन्धमा प्रस्ट पार्न चाहन्छु। बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, मानवीय क्रियाकलाप तथा अन्तरदेशीय प्रदुषित वायुको प्रवाह वायु प्रदुषणको मुख्य कारण रहेको छ। सरकारले उद्योग तथा आयोजनाहरूको वातावरणीय पक्षको नियमित अनुगमन निरीक्षण तथा सवारी साधन प्रदुषण छड्के अनुगमन र कारबाही हुने व्यवस्था मिलाएको छ ।’

प्रधानमन्त्री ओलीले नवीकरणीय उर्जा प्रवद्र्धन, विद्युतीय सवारी साधनको प्रयोगमा प्राथमिकता जस्ता कार्यक्रमहरूबाट सफा उर्जाको खपत बढ्ने हुँदा वायु प्रदुषण कम हुने अपेक्षा गरिएको बताउनु भयो । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर खानेपानी वितरण भइरहेको बताउनु भयो ।