१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण जारी छः प्रधानमन्त्री

नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण जारी छः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले काठमाडौं उपत्यकाको धोविघाट, बालकुमारी, सल्लाघारी, हनुमानघाट, गोकर्णमा फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्य भइरहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उक्त आयोजना अन्तर्गत गुहेश्वरीमा ३ करोड २४ लाख लिटर प्रतिदिन क्षमताको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा रहेको बताउनु भयो । उहाँले मध्यपुर थिमी नगरपालिकाको मगरगाउँदेखि मनोहरा खोलाको दुवै किनारको पेप्सीकोला पुलसम्म र जडिबुटी पुलदेखि हनुमन्ते दोभान हुँदै बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रसम्म इन्टरसेप्टर ढल निर्माण गर्ने कार्य भइरहेको बताउनु भयो । उहाँले बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, मानवीय क्रियाकलाप तथा अन्तरदेशीय प्रदुषित वायुको प्रवाह वायु प्रदुषणको मुख्य कारण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरूमा सिधै मिसिइ रहेको फोहोरपानीलाई प्रशोधन गरी नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले काठमाडौँ उपत्यकाको धोविघाट, बालकुमारी, सल्लाघारी, हनुमानघाट, गोकर्णमा फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्य भइरहेको छ। उक्त आयोजना अन्तर्गत गुहेश्वरीमा ३ करोड २४ लाख लिटर प्रतिदिन क्षमताको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरी संचालनमा रहेको छ । मध्यपुर थिमी नगरपालिकाको मगरगाउँदेखि मनोहरा खोलाको दुवै किनारको पेप्सीकोला पुल सम्म र जडिबुटी पुलदेखि हनुमन्ते दोभान हुँदै बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रसम्म इन्टरसेप्टर ढल निर्माण गर्ने कार्य भइरहेको छ । माननीयज्यूले उठाउनुभएको उपत्यकाको वायु प्रदुषण कम गर्ने योजनाका सम्बन्धमा प्रस्ट पार्न चाहन्छु। बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, मानवीय क्रियाकलाप तथा अन्तरदेशीय प्रदुषित वायुको प्रवाह वायु प्रदुषणको मुख्य कारण रहेको छ। सरकारले उद्योग तथा आयोजनाहरूको वातावरणीय पक्षको नियमित अनुगमन निरीक्षण तथा सवारी साधन प्रदुषण छड्के अनुगमन र कारबाही हुने व्यवस्था मिलाएको छ ।’

प्रधानमन्त्री ओलीले नवीकरणीय उर्जा प्रवद्र्धन, विद्युतीय सवारी साधनको प्रयोगमा प्राथमिकता जस्ता कार्यक्रमहरूबाट सफा उर्जाको खपत बढ्ने हुँदा वायु प्रदुषण कम हुने अपेक्षा गरिएको बताउनु भयो । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर खानेपानी वितरण भइरहेको बताउनु भयो ।