१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा मेरिटोक्रेसीको कुरा बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने गरिएको टिप्पणी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मेरिटोक्रेसी आलंकारिक भाषणको विषय नभएको बतउनु भयो । उहाँले विश्वविद्यालयको व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माननीयजीको अर्को प्रश्न छ, विश्वविद्यालयमा मेरिटोक्रेसीबारे। मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन, शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्लविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र रु बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको थियो, आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाहरूले भोगिरहेका छन्। हामी त्यस्ता संस्थाहरूमा व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेका छौं।’

प्रधानमन्त्री ओलीले अध्यादेशहरु प्रक्रियाबाट पारित हुने बताउनु भयो । उहाँले २० वा २० प्रतिशत भए पुग्नेगरी राजनीतिक दलसम्बन्धी कानून नल्याउने प्रतिवद्धता जनाउनु भयो ।