२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यी आयोजनाहरूले तराई–मधेस क्षेत्र मात्र नभएर समग्र देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पु¥याउने भएकोले देशकै राष्ट्रिय गौरवका आयोजनाहरू भएको बताउनु भयो । जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुवाहक रेलसेवा दैनिक सञ्चालन भएको बताउनु भयो । जयनगर–जनकपुर हरेक दिन ३ पटक र जनकपुर–विजयपुरा दिनको १ पटक आउने–जाने गरी रेल सेवा दिइएको उल्लेख गर्नुभयो । उहाँले थप विजयपुरा–बर्दिवास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दै गरेको बताउनु भयो । काठमाडौं–तराई मधेस द्रुत मार्गलाई शिघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तराई मधेसमा रहेका एवं त्यहाँका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको छ । यी आयोजनाहरूले तराई–मधेस क्षेत्र मात्र नभएर समग्र देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पु¥याउने भएकोले देशकै राष्ट्रिय गौरवका आयोजनाहरू हुन्। स्रोह्रौँ योजनामा यी आयोजनालाई प्राथमिकताका साथ समाबेश गरिएको छ। आवधिक योजनाको लक्ष्य अनुरुप हरेक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा पनि यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशिल बनाइएको छ । जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुबाहक रेलसेवा दैनिक सञ्चालन भएको छ । जयनगर–जनकपुर हरेक दिन ३ पटक र जनकपुर–विजयपुरा दिनको १ पटक आउने–जाने गरी रेल सेवा दिइएको छ । थप विजयपुरा–बर्दिवास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दैछ । काठमाण्डौं–तराई मधेश द्रुत मार्गलाई शीघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको छ। यस आयोजना लाई छिटो सम्पन्न गर्ने सम्बन्धमा सम्बद्ध निकायका उच्च पदाधिकारीहरूसँग पटक पटक छलफल गरी तीव्रताका साथ कार्यान्वयन गरेको छु। यस आयोजनाको हालको भौतिक प्रगति ३७।६ प्रतिशत रहेको छ ।’

उहाँले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्गको निर्माण सम्पन्न भई हाल हेडवक्र्स र पावरहाउस लगायतका संरचना निर्माणको काम अघि बढेको बताउनु भयो । हाल यसको भौतिक प्रगति ३५.१८ प्रतिशत रहेको जानकारी दिनुभयो । निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलले ठूलो लगानीको माग गरेको भन्दै त्यस योजनाको लगानीको व्यवस्थापन गरी निर्माणकार्य अगाडि बढाउन सरकार सकारात्मक रहेको बताउनु भयो ।