२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

जलनमा परेका चन्द्र भण्डारीको अनुभव (भिडियो सहित)

जलनमा परेका चन्द्र भण्डारीको अनुभव (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । पाका पुरानाहरु भन्ने गर्छन् घट्ना या दुर्घटनाको कुनै न कुनै संयोग हुन्छ । हुने पनि रहेछ । आज कीर्तिपुरको जलन अस्पतालमा पनि यस्तै देखियो, बडो दु:खदायी संयोग ।

संयोग थियो नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको ।

अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य आज पोखरामा एक दुर्घटनामा जलन भएपछि कीर्तिपुर अस्पतालको आइसियुमा भर्ना भएका छन् ।

पोखरा महानगरमा पोखरा भ्रमण बर्ष घोषणा कार्यक्रममा उदघाटनका क्रममा उडाउन ठिक्क पारिएको बेलुनमा आगोको झिल्का पर्दा अकस्मात पड्किन पुग्यो र आगोको झिल्काले पौडेल र आचार्यलाई पनि छोएपछि घाइते भए । उनीहरुलाई पोखराबाट हेलिकोप्टरमा ल्याई त्यहाँ भर्ना गरिएको छ ।

अस्पतालमा भेट्न टुप्लुक्क पुगे चन्द्र भण्डारी । त्यसपछि हामीले सोध्यौँ‐ यहाँ पनि जलनबाट पीडित हुनुहुन्छ । यही अस्पतालमा आउनुभएको थियो । कस्तो अनुभव गर्नुभयो ? विरामीलाई कस्तो सुझाव दिनुभयो ?

त्यसपछि उनले खोले संयोगको पोको । दुई बर्ष अघि भण्डारी पनि आजकै दिन अर्थात् फागुन ३ गते राति घरमा जलन भएर सो अस्पतालमा भर्ना भएका थिए । घरमा आमा र उनी जलेपछि सो अस्पताल राति नै पुर्याइएको थियो । यही जलनबाट पछि आमाको निधन भएको थियो ।

भण्डारीलाई भने भोलिपल्टै भारत लगिएको थियो । लामो समयको उपचार पछि उनी निको भएर फर्किएका थिए ।

भण्डारीले भने‐ संयोग पनि कस्तो । म पनि फागुन ३ गतेकै दिन हो यस्तो दुर्घटनामा परेको । दिउँसो संसदमा बोलेँ, अनि राति त त्यस्तो दुर्घटना भयो । आज विष्णुजीलाई भेट्न आउँदा झल्यास्स सम्झिएँ ।

त्यसमा अर्को संयोग पनि खुलाए उनले । उनी जलेर यो अस्पताल पुग्दा उनलाई भेट्न अरु नेताहरुभन्दा लगभग अगाडि नै पुगेका थिए विष्णु पौडेल । र पौडेलले उनलाई उपचार गर्न भारत जानु, उपचार खर्चको जोहो गरौँला भनेका रहेछन् ।

संयोगबस आज पनि उनी लगभग अरु नेताहरुभन्दा अगाडि नै त्यहाँ पुगेका थिए । यसलाई पनि अर्को उस्तै संयोग मान्नुपर्छ ।

त्यहाँ पुग्ने जोकोहीले पनि भेट्न खोज्दा उनले जलेका विरामीलाई भेट्न नहुने सुझाइरहेका थिए । उनले भन्दै थिए‐ यस्तो बेलामा भेट्न हुँदैन । मलाई त भारतमा ३ महिनासम्म कसैलाई पनि भेट्न दिएको थिएन । मानिसहरुले भेट्दा मानिसहरुबाटै संक्रमण हुने डर हुने कुरा भारतका डाक्टरहरुले बारम्बार भन्ने गरेको उनले सुनाए ।

उनले नेपालमा जलनका विरामीका लागि उपकरण र उपचार विधिका लागि आवश्यक पर्ने लजिस्टिक आवश्यक रहेको सुझाए । नेपालमा जलेका विरामीको उपचार गर्ने चिकित्सकहरु संसारकै राम्रा र दक्ष रहेको कुरा भारतीय चिकित्सकहरुले समेत भन्ने गरेका उनले सनाृए ।

सांसद भण्डारीले जलनको अस्पताललाई उपकरणयुक्त बनाउन सकिए यहाँ जनशक्तिको खाँचो नरहेकाले हामीले धेरै गर्न सकिने उनले बताए । उनले भने‐ हामीले अलिकत खर्च गरेर उपकरण र उपचार विधिमा मात्र लगानी गर्न सक्यौँ भने यहाँ उपचारका लागि संसारका मानिस आउने छन् । आफू जलनका विरामीको उपचार गर्ने सुविधासम्पन्न अस्पताल निर्माणमा लागेको र त्यसका लागि संसदमा पनि निरन्तर आवाज उठाइरहेको जानकारी पनि उनले दिए ।

आफूले अर्थमन्त्री र मेयरको अवस्था खतरामुक्त भएको पाएको जानकारी पनि उनले दिए । आफूले उहाँहरुलाई मानिसहरुसँग नभेट्न सुझाव दिएको पनि बताए ।

पौडेल र आचार्यको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई आगामी ४८ घन्टासम्म उच्च निगरानीमा राखेर उपचार गर्ने पनि जनाएको छ ।

उनीहरुलाई भेट्न अस्पतालमा मन्त्री, सांसद, नेताहरुको भिड लागेको छ । तर चिकित्सकले भने सीमित मानिसहरुलाई मात्र भेट्न दिएका छन् । आइसियुमा राखेर उपचार भइरहेको छ ।