२ पुष २०८२, बुधबार
,
Latest
फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा पोखरा गोल्डकपः उज्वेकिस्तानको ब्ल्याक बुल्सले उपाधि चुम्यो



अ+ अ-

पोखरा। पोखरामा सञ्चालन भएको २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फाइनल खेलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै पाहुना टोली ब्ल्याक बुल्स च्याम्पियन बनेको हो ।

नेपालमा पहिलोपटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली पहिलो सहभागितामा नै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक गोल गर्दै अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

खेलको ४२औँ मिनेटमा उज्वेकिस्तानका कप्तान जाकोन्गिर आक्मादोभले गोल गर्दै टोलीलाई अग्रता बनाए । उनले फ्री किकमा गोल गर्न सफल भएका हुन् । खेलको ५९औँ मिनेटमा असिलवेक ओरिफजोनोभले गोल गर्दै अग्रता दोब्बर बनाएकामा ६६औँ मिनेटमा साप्कातजोन सातारोभले गोल गर्दै टोलीको विजय सुनिश्चित गरे ।

खेलको ७४औँ मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल भएपछि पुलिसको एक गोल भएको थियो । प्रतियोगितामा च्याम्पियन बनेको ब्ल्याक बुल्सले नगद रु १२ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको पुलिस क्लबले रु छ लाख एक हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पायो ।

एमभिपी अवार्ड ब्ल्याक बुल्स एफसीका साभकातजोन सात्तोरोभले पाएका छन् । उनी सर्वाधिक गोलकर्तासमेत बनेका हुन् । उनले टेलजी स्कुटर प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर ब्ल्याक बुल्सका जासुरबेक राजाबोभ, उत्कृष्ट डिफेन्डर, अलिजोन अलिजोनोभ, उत्कृष्ट मिडफिल्डर पुलिसका राम वाजी, फरवार्ड ब्ल्याक बुल्सका अजिजवेक खुर्सोनबोएभ र प्रशिक्षक अब्दुलअजिज निशोनबाएभ घोषित हुँदै जनही नगद रु २५ हजार र मेडल पुरस्कार प्राप्त गरे ।

गत माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशी तीन र नेपालका चर्चित नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।