२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिरताको कारक देश सञ्चालन गर्ने शिर्ष नेतृत्व होः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले शिर्ष नेताहरुका कारण देशमा अस्थिरता बढेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति नभएको बताउनु भयो ।

उहाँले अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु नभइ देश सञ्चलन गर्ने शिर्ष नेतृत्व रहेको टिप्पणी गर्नुभयो । संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको बताउनु भयो । संविधान असंशोधनीय दस्ताबेज नभएको बताउनु भयो ।

गठबन्धन परिवर्तनको राजनीतिक एजेण्डा संविधान संशोधन भएपनि अहिलेसम्म पुष्टि हुन नसकेको जिकिर गर्नुभयो । उहाँले देशमापाँच वर्ष टिक्ने सरकार आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शासकीय स्वरुप, निर्वाचन प्रणाली बदल्नुपर्छ । यो मलाई पनि लाग्छ र मेरो दलको मान्यता पनि हो । तर अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका मान्छेहरु होइनन् । यसरी सोच्यो भने यो गलत हुन्छ । हामी त झन्डै दुई तिहाईको बीचमा पुगेका नेकपाका मान्छे हौँ ।

एउटै पार्टीको झन्डै दुई तिहाई पुगे पनि त टिक्दो रहेनछ भन्नेकुरा त ०७४ को निर्वाचनपछि हामीले भोगेर आएका छौँ । अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु हुन् वा यो देशलाई सञ्चालन गर्ने शिर्ष नेतृत्वहरु हुन् ? यहाँनेर खोजि गर्नुपर्ने जरुरी छ । अस्थिरताका कारक उत्पीडित समुदायका महिला, दलितहरु होइनन् । अस्थिरताका कारक यहाँ शिर्ष हौँ भन्ने नेताहरु हुन् ।’

सांसद शर्माले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको स्पष्ट पार्नुभयो । उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको पनि बताउनु भयो ।