काठमाडौं। जिल्ला अदालत बाँकेले आरती रावल र उनका पति निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरी बिच सम्बन्ध विच्छेद हुने फैसला गरेको छ ।
न्यायधीश गिरीले आरतीविरुद्ध सम्बन्ध विच्छेद र गाली बेइज्जती सम्बन्धी मुद्दा २०७९- ०८- ११ मा दर्ता गराउनु भएको थियो ।
गत माघ २० गते न्यायधीश भिष्मराज प्रसाईंको इजलासले आरतीको माग दाबी नपुग्ने भन्दै सम्बन्ध विच्छेदको फैसला गरेको हो । अदालतको फैसला पछि आरतीले आजबाट गिरी थर हटेको भन्दै सामाजिक संञ्जालमा पोष्ट गरेकी छिन् ।

यो पनि पढ्नु होस –डिल्लीबजार कारागारबाट निलम्वित न्यायाधीश भुवन गिरीको बकपत्र
दुवैले एक अर्का विरुद्ध दर्जन मुद्दा दर्ता गरेका थिए । आरतीले पति न्यायाधीश गिरीविरुद्ध जर्बजस्तीकरणी र वैवाहिक बलात्कार सम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता गरेकी थिईन । न्यायाधीश भुवन गिरीले पनि उनीविरुद्ध सम्बन्ध विच्छेद र गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएका थिए ।
गिरीले २०७९ मंसिर ११ मा बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। सँगसँगै उनले पत्नी आरतीविरुद्ध गाली बेइज्जती सम्बन्धी ७ वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेका थिए। गिरीकी कान्छी छोरीले बुबा र आरतीलाई विपक्षी बनाउँदै अंश मुद्दा पनि दर्ता गराएकी थिईन ।
अदालतले खानाखर्च मुद्दामा: फिराद परेको मितिदेखी अंश नछुट्याउँदासम्म मासिक १२ हजार आरती रावलले भूवन गिरीबाट पाउने फैसला गरेको छ । यसै गरी भुवन गिरी वादी भएर दायर भएको गाली बेइज्जती मुद्दा सबै वादी दावी नपुग्ने ठहर गरेको छ ।
अदालतले भुवनको छोरी भावना गिरीले दायर गरेको अंश मुद्दामा भुवन गिरीको नाममा रहेको सम्पत्तिबाट आरती रावलसमेतलाई अंशियार मानि ६ भागको १ भाग सम्पत्ति पाउने आदेश गरेको छ । अदालतले आरती रावल गिरीको सम्पत्ति बण्डा नलाग्ने ठहर समेत गरेको छ ।











