काठमाडौं । अभिनेत्री निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई भ्यालेन्टाइन्स डे को शुभकामना दिएकी छन् ।
उनले इन्स्टाग्राममा दीपक र आफ्नो तस्बिर सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी हुन् ।
दीपाले इन्स्टाग्राममार्फत सेयर गरेको उक्त तस्बिरमा दुबैजना रोमान्टिक देखिन्छन् । दीपाको यो पोस्टमा अन्य कलाकारले समेत ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै विस गरेका छन् । यो पोस्टमा दिपकराजले भने कुनै रियाक्ट गरेका छैनन् । दिपकराजले पनि सामाजिक सञ्जालमा पत्नीलाई शुभकामना लेखेका छैनन् ।
दीपकराज र दीपाश्रीको अनस्क्रिनदेखि व्यवसायिक क्षेत्रमा सहकार्य छ । धनियाँ र रामविलासदेखि ‘तीतो सत्य’ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलासम्म यी दुईले मिलेर ७ वटा चलचित्र बनाइसकेका छन् ।
यी दुईले एकअर्कालाई ‘असल साथी’ बताउदै आईरहेका छन् । दीपक अहिले पारिवारिक घुमघामका लागि अस्ट्रेलिया पुगेका छन् ।











