२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षीहरु सरकारविरुद्ध झुटको खेतीमा लागिरहेका छन्ः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र लगायत प्रतिपक्षीले सरकारको विरुद्ध झुटको खेतीमा लागेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारको सूचकमा नेपालको अवस्था १ अङ्क तल झरेर कमजोर भएको रिपोर्ट सार्वजनिक गरेपछि नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलका नेता कार्यकर्ताहरू वर्तमान सरकारका कारणले त्यसो भएको भनेर तिखो आलोचना गर्दै भ्रमको खेतीमा लागेका टिप्पणी गर्नुभएको छ । सो रिपोर्ट सन् २०२४ को भएको उल्लेख गर्दै पोखरेलले सो वर्षको आधिभन्दा बढी समय माओवादी नेतृत्वको सरकार रहेको पोखरेलले स्पष्ट पार्नुभएको छ ।

यसै वर्ष सुशासनका सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्ट मध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको उहाँले स्मरण गराउनुभएको छ । विश्वबैंक लगायत तीनवटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिएको उहाँले स्पष्ट पार्नुभएको छ । ‘त्यस अर्थमा नेपालका सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्नै ठाउँमा छ, तर बिग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ति सरकार र त्यसको नेतृत्वलाई जान्छ, होइन र ?’, पोखरेलले लेख्नु भएको छ ।

पोखरेलले विगतको सरकारले काम गर्न नसकेकै कारण केपी ओली नेतृत्व कांग्रेस–एमालेको सरकार बनेको उहाँले स्पष्ट पार्नुभएको छ । ‘विगतको सरकारको काम ठिक नभएको र मुलुक सङ्कटग्रस्त बन्न पुगेको निष्कर्षका आधारमा नै वर्तमान सरकार गठन भएको हो, दुई दलका बिचमा भएको ७ बुँदे सहमतिमा नै उक्त कुरा उल्लेख छ’, पोखरेलले लेख्नु भएको छ ।

वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड दिने काम भएको उहाँको दाबी छ । ‘लगानी प्रवर्धन र आर्थिक सुधारमा जोड दिइएको छ, यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनु पर्ला, होइन र ?’, पोखरेलले लेख्नु भएको छ ।