११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

पार्टी फुटाउने आवश्यकता र सौख छैनः प्रधानमन्त्री ओली

पार्टी फुटाउने आवश्यकता र सौख छैनः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताउनुभएको छ ।

बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दल सम्बन्धी कानूनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताउनु भयो ।

उहाँले कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि स्पष्ट पार्नुभयो । उहाँले दुई तिहाईको सरकार भएको समयमा साना मसिना पार्टी फुटाउनुको तुक नरहेको बताउनु भयो । पार्टी फुटाउने आवश्यकता र सौख आफलाई नरहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पुर्यायो भने पार्टी अलग हुन अध्यादेश आफूले ल्याउँदा पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नेकपा एमाले फुटाउन २० वा २० भए हुन्छ भनेर अध्यादेश ल्याउन तयार भएको बताउनु भयो ।

राजनीतिक दलसम्बन्धी ऐन बनाउन अध्यादेश नभइ विधेयक संसदमा ल्याउने र विधेयक पास गरेर ऐन स्थापित गर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जथाभावी अध्यादेश ल्याएर, मैले ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पुयायो भने पार्टी अलग हुन पाउँछ भनेर फुटेको मानिने छैन । अलग हुन पाउँछ भन्नेछ । नयाँ पार्टी खोल्न पाउँछ भन्ने अध्यादेश ल्याउँदा ल पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नाम पनि म लिइरहन्न । तपाईंहरु चिनिहाल्नुहुन्छ । तिनीहरु त पछि हाम्रो पार्टी फुटाउन २५ प्रतिशत भए फुटाउन हुन्छ भनेर २० वा २० भए हुन्छ भनेर अध्यादेश २० वा २० भनेर अध्यादेश ल्याएर नेकपा एमाले फुटाउने तत्वहरु होइनन् । तिनीहरु अहिले फेरि ४० वा ४० ल्याउँदैछ रे पार्टी फुटाउँदैछ रे भने । हामीलाई पार्टी फुटाउने कुनै सौख छैन तर कानून त चाहियो नि । कानूनको अभाव छ अहिले । अब संसदमा हामी विधेयक ल्याउँछौँ । विधेयक ल्याउँछौँ ।

संसदबाट विधेयक, अध्यादेशबाट होइन । त्यसैकारण हामीले अध्यादेश नल्याएको । अध्यादेश चाहिँदैन । संसदमा विधेयक ल्याउँछौँ, विधेयक पास गरेर ऐन बनाउँछौँ । ऐन स्थापित गर्दछौँ । हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन । हामीसँग झन्डै दुई तिहाईको सरकार छ । किन फुटाउने पार्टी बेकार । फेरि फुटाउने पनि कत्रा कुनै चट्टान फोर्ने हो र यत्रायत्रा गिटी ढुंगा फुटाएर को बस्छ । त्यो आवश्यकता पनि छैन, सौख पनि छैन ।’

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकार बलियो सरकार भएको दाबी गर्दै देशका लागि काम गर्न अग्रसर रहेको बताउनु भयो । विदेशीको दाम लिएर नेपालमा अराजकता मच्चाउन खोज्ने, सामाजिक शान्ति सुव्यवस्था, बिगार्ने, देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्चाउन खोजे भने आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताउनु भयो ।