४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिनफिल्ड र जेभियर उपाधिनजिक



अ+ अ-

काठमाडौँ । ग्रिनफिल्ड र जेभियर इन्टरनेसनल कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा ग्रिनफिल्डले आयोजक हेराल्ड कलेजलाई ६६–५९ ले पराजित गर्यो । ग्रिनफिल्डको जितमा सशान्त कार्कीले २८ अंक योगदान गरे ।

पहिलो क्वाटर ९–९ को बराबरीमा सकिएको थियो भने दोश्रोमा ग्रिनफिल्डले २७–१५ को अग्रता बनाउदै जितको आधार खडा ग¥यो । हेराल्डले तेश्रोमा १५–११ र चौथोमा २०–१९ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन ।

दोश्रो सेमिफाइनलमा लक्की महर्जनको १६ अंक सहयोगमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५३–४६ ले हरायो ।

जेभियरले पहिलो क्वाटरमा २०–४, दोश्रोमा ८–१३, तेश्रोमा १३–१० र चौथामा १२–१९ को प्रदर्शन ग¥यो । फाइनल बिहीबार हुनेछ ।




भर्खरै