२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून निर्माणमा ढिलाई हुँदा जनतामाथि अन्याय भयोः काँग्रेस सांसद यादव



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले कानून निर्माणमा ढिलाई हुँदा जनतामाथि अन्याय भइरहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्ता कानून निर्माण सुस्त गतिमा हुँदा जनताले पाउनुपर्ने सेवा सुविधा समेत पाउन नसकेको बताउनुभएको हो । उहाँले जनतालाई प्रभावकारी सेवा दिनका लागि कानून निर्माणमा जोड दिँदै विधेयक छिटो छरितो रुपमा पारित गर्नुपर्ने बताउनु भयो । उहाँले प्रहरी समायोजन ऐन, शिक्षा विधेयक र संघीय निजामति सेवा विधेयकलाई छिटो टुंगोमा पुर्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको मुख्य काम भनेकै कानून निर्माण गर्नु हो । हामी कानून निर्माण अति सुस्त गतिमा गरिराखेका छौं । जनताका लागि अति आवश्यक कानून समयमा निर्माण नहुँदा जनताले न्याय पाउँदैन । पाउनुपर्ने आवश्यक सेवा सुविधा पनि पाउदैनन् । तसर्थ छिटो छरितो रुपमा विधेयकहरु पारित गरौँ । जुन प्रहरी ऐन, शिक्षा ऐन र निजामती कर्मचारी सेवा ऐन लगायत छन् । सत्ता गठबन्धनको मुख्य उद्देश्य हो राजनीतिक स्थिरता, सुशासन, मुलुकलाई आर्थिक गति दिने र संविधान संशोधन । र यी कुराहरु नहुन भन्नको लागि प्रमुख प्रतिपक्षी दल र सत्ता बाहिर रहेका दलहरु लागिरहेका छन् । जुन कुरा मुलुकको हितमा होइन ।’

उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै सुशासन कायम गर्नु र संविधान संशोधन वर्तमान सरकारको उद्देश्य रहेको समेत बताउनु भयो । उहाँले सरकारका उद्देश्यहरु पूरा हुन नदिन सत्ताबाहिरका पार्टीहरु लागिपरेको समेत बताउनु भयो ।