२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको कार्यसूचीबाट भ्रष्टाचार विधेयक हटाइएकोमा माओवादी केन्द्रको आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको कार्यसूचिबाट भ्रष्टाचार निवारण विधेयक हटाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले सरकारले कार्यव्यवस्था परामर्श समितिकोले तोकेको कार्यसूची विपरित गएको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले सरकारले सरकारले संसदको मिनिमाइज र अपहेलना गरिरहेको आरोप समेत लगाउनु भयो । उहाँले सरकारले जे जे भन्यो संसदले त्यही गर्ने हो कि जनताको प्रतिनिधि भएको यो संस्थाले बनाएका विषयवस्तु सरकारले पालना गर्नुपर्ने हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले सरकारले विधायन सम्बन्धी विधेयक प्रश्तुत गर्दा समेत संसदको अभ्यास र परम्परा मिचेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको समग्र क्रियाकलापमा सरकारले संसदको मिनिमाइज गरिरहेको छ । अपहेलना गरिरहेको छ । यही महिनाको १५ गते हामीले बैठकको आजको बैठकको कार्यसूची बारे छलफल गरेका थियो । हामीले नियमावलीको व्यवस्थाअनुसार कार्यव्यवस्था समितिको बैठकबाट यही महिनाको १५ गते कार्यतालिका बनायौं । त्यही कार्यतालिका अनुसार आजको बैठकमा भ्रष्टाचार निवारण विधेयक प्रश्तुत हुने र पारित हुनेकुरा गरेका थियौं । हिजो पनि हामीले आजको कार्यतालिकाबारे छलफल गरेर आएका थियौं । आज हामीले संसदमा आउने बेलामा समय नभएको भन्दै कार्यसूची हटाइयो भनेर जानकारी दिइयो । सरकारले नियम पालना गर्नुपर्दैन । सरकारले जे जे भन्ने हो संसदले त्यही गर्ने हो कि जनताको प्रतिनिधि भएको यो संस्थाले बनाएका विषयवस्तु सरकारले पालना गर्नुपर्ने हो । बारम्बार यो विषयवस्तु उठेको छ । यसअघि पनि समितिबाट सर्वसम्मत रुपमा पास भएर आएको विधयान सम्बन्धी विधेयकबारे सरकारले संसदको प्रक्रिया, अभ्यास र समग्र कुराहरुलाई वास्ता गरेन । प्रतिपक्षीका कुराहरु ख्याल गरिएन । सरकारले भ्रष्टाचार निवारणको विधेयक समेत हटाएको छ । सरकारले भ्रष्टाचारबारे कसरी जान खोजेको छ ?’

मंगलवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने उल्लेख थियो । तर अन्तिम समयमा आएर उक्त विधेयक कार्यसूचीबाट हटाएपछि प्रमुख प्रतिपक्षी दलले आपत्ति जनाएको हो ।