५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनयुद्ध’ दिवस मनाउन गाउँपालिकामा सार्वजनिक बिदा



अ+ अ-

गोरखा। गोरखाको गण्डकी गाउँपालिकाले आगामी फागुन १ गते पालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ ।

नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र युद्धको क्रममा शहादात प्राप्त गरेको स्मरण र शहिदहरुको सम्मानमा आगमी फागुन १ गते पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदा दिने बारे यही माघ ८ गते बसेको गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको सूचनामा जनाइएको छ। सो दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू र अर्ध तथा गैरसरकारी संघ संस्थाका कार्यालयहरू तथा शैक्षिक संस्थाहरू बन्द रहने गाउँपालिको सूचनामा उल्लेख छ।

गोरखामा रहेका ११ वटा स्थानीय तहहरुमध्ये गाउँकार्यपालिकाको बैठकबाट निर्णय गरी गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकिय अधिकृत किरण बाबु कट्टेलद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।




भर्खरै