काठमाडौँ। नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाउन सुरु भएको छ । पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ ।
महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाउने भएको हो ।
सो पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्मको हुने महानगरपालिकाले जनाएको छ । अहिले सडकमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको र त्यसभन्दा माथि व्रिक सोलिङ् गरिएको महानगरपालिकाले जनाएको छ ।
नारायणहिटी संग्रहालयअगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदै छ। सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा तीन मिटरदेखि बढीमा ६ मिटरसम्म छ।
सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको छ। त्यसभन्दा माथि पिसिसी ढलान गरिएको छ। त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ। यो १६ एमएमसम्मको हुनेछ।










