१४ श्रावण २०८३, बिहीबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बलायरको प्रश्नः ‘सुदूरपीश्चम प्रदेशले राजधानी कहिले पाउँछ’



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म राजधानी नपाएको उल्लेख गर्दै सरकारसँग जवाफ माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । सुदूरपश्चिम प्रदेश सभाले गोदावरी राजधानी तोकेको पाँच वर्षभन्दा बढी भइसकेको छ । तर सभाले सर्वाभौम अधिकार प्रयोग गरेको यो निर्णय यतिबेला अलपत्र परेको छ । प्रदेशको सबै काम कार्बाही कैलालीको धनगढीबाट हुँदै आएको छ । सांसद बलायरले संसदमा लगातार दुई वर्षदेखि यही कुरा बोलेको भएपनि सुदूरपश्चिमले राजधानी नपाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गएको सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा घोषणा गर्यो । त्यहाँको प्रदेश सभाले राजधानी तोक्यो । तर अहिलेसम्म सुदूरपश्चिमले राजधानी नपाउनु ?संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण गर्दाको हस्ताक्षरकर्ता पनि हो म । आज सुदूरपश्चिमले राजधानी नपाउनुको अर्थ के हो ?यसको उत्तर कसले दिने हो ? अढाई वर्षदेखि यहीबारेमा मैले बोलदै आएको छु । यसको जवाफ चाहिन्छ ।’

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको हस्ताक्षरकर्ता आफू समेत भएको उल्लेख गर्दै उक्त माग सम्बोधन हुनुपर्ने बताउनु भयो ।