५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री चौधरीलाई माओवादी सांसदको प्रश्नः ०४७ सालको संविधान कार्यान्वयन हो की, संशोधन भइसक्यो?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले श्री ५ को सरकार लेखेर नियमावलीमा हस्ताक्षर गरेकोबारे जवाफ माग गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले मन्त्री चौधरीको जवाफ माग गर्नुभएको हो । उहाँले युवा तथा खेलकुदमन्त्रीज्युको कार्य सम्पादन अनुसूचि ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानूनअनुसार ल्याएको भन्नेकुरा आएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘युवा तथा खेलकुदमन्त्रीज्युको कार्य सम्पादन अनुसूचि ४ ९१० बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानूनअनुसार ल्याएको भन्नेकुरा आएको छ । यो के हो ? ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो बुझ्न चाहन्छु ।’

खानेपानी मन्त्रालयमा आगलागी भएको भन्ने जानकारी आएको भन्दै सिंहदरबारमै आगलागी हुन्छ भने गाउँको अवस्था के होला भन्दै प्रश्न गर्नुभयो ।