२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाइफ इन्स्योरेन्सले पायो तीन विधामा ‘इमर्जिङ एसिया अवार्ड’



अ+ अ-

काठमाडौं ।  आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’मा तीन विधामा अवार्ड जित्न सफल भएको छ ।

कम्पनीले ‘सर्वश्रेष्ठ जीवन बीमा अवार्ड’, ‘बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड’ र ‘बीमा नेतृत्वमा महिला’  गरी तीन विधाका अवार्ड हात पार्न सफल भएको हो ।

यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेका थिए । यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सका ग्राहककेन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको छ ।

नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रूपमा सहभागी भएका थिए । उनीसँगै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा लामो विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारे ।

कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल (डीजी) आईसीसी, अतनु सेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पीडब्लूसीले विशेष सम्बोधन गरेका थिए ।