९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छः सांसद भण्डारी



अ+ अ-

तनहुँ। प्रतिनिधिसभाका सांसद शङ्कर भण्डारीले अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न राज्यले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

नेपाल सितोरियो कराते सङ्घ तनहुँद्वारा आज व्यास–३ देउराली नगरमा आयोजित ११औँ जिल्लास्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रलाई प्रोत्साहन गरी लगानी बढाएमा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी उत्पादन गर्न सकिने धारणा राखेका छन् ।

पूर्वमन्त्रीसमेत रहनुभएका सांसद भण्डारीले खेल र खेलाडी राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षणमा राज्यले तदारुकता देखाउँदै प्राथमिकतामा राखेर प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । “खेल क्षेत्रलाई राज्यले प्राथमिकतामा राखेर खेलाडीलाई हौसला प्रदान गर्नुपर्छ उनले भने  “यहाँ राष्ट्रिय तथा अन्रराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्रचुर सम्भावना छ, यसलाई संरक्षण गर्न आवश्यक छ ।

खेल क्षेत्रको विकासका लागि जिल्लामा आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नुपर्ने भएमा आफ्नो तर्फबाट पहलकदमी रहिरहने उनले आश्वासन दिए । “खेलका कारणले ख्यातिप्राप्त मुलुक धेरै छन् ।

दक्ष खेलाडीहरू देशमा जीविकोपार्जन नभएर विदेशिनुपर्ने अवस्था छ, यसलाई रोक्ने वातावरण सिर्जना गर्नुपर्छ”, सांसद भण्डारीले भने । स्वास्थ्य, राष्ट्र र आत्मारक्षा, अनुशासन, शान्ति तथा सामाजिक अभियानका लागि खेलको महत्वपूर्ण भूमिका रहेकाले संरक्षण र संवर्द्धनमा सबैले समन्वय गर्नुपर्नेमा उनले जोड दिए।  रासस