७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग

बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
अ+ अ-

मकवानपुर। बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले बाढीपीडित परिवारलाई पुनः बसोबास गर्नुपर्ने र भौतिक पूर्वाधार विकासको संरचनाका लागि प्रदेश सरकारले तत्काल बजेट विनियोजित भएअनुसार कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

प्रदेशसभा बैठकको विशेष समयमा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल  गर्नुपर्ने काम÷कारबाही र बजेट अपुगका बारेमा धारणा राखेका थिए । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रका लागि आत्यावश्यक योजनाहरुमा क्रमशः खानेपानी, सडक निर्माण, बाढीपहिरोबाट पीडितलाई पुनः बसोबास गर्न र विपद् आइपर्नुभन्दा अगाडि प्रदेश सरकार पूर्ण तयारीका साथ रहनुपर्ने माग गरेका छन् ।

उनीहरुले जनताको चाहना असीमित रहेको छ, तर प्रदेश सरकारको बजेट अत्यन्तै कम भएको हुँदा ती क्षेत्रको योजनालाई पुनः समीक्षा गरेर क्रमशः बजेट वृद्धि गर्दै लैजान सरकारलाई दृढताका साथ अघि बढ्नुपर्ने माग गरेका छन् ।

यसैगरी, प्रत्येक निर्वाचन क्षेत्रमा खानेपानीको साथै स्वास्थ्य उपचारलाई उच्च प्राथमिकता दिनुपर्ने र शिक्षालाई गुणात्मकस्तर वृद्धि गर्न प्र्रत्येक वडामा मावि, निमावि र प्राविमा शिक्षक दरबन्दी उपलब्ध गराउनेतर्फ उनीहरुको जोड थियो । विभिन्न जिल्लामा वन्यजन्तुबाट धनजनको क्षति र पीडित परिवारलाई राहात उपलब्ध गराउनुपर्ने, बाढी नियन्त्रण गर्न तटबन्ध निर्माणलगायतका योजना बनाउन प्रदेशसभा सदस्यहरुले माग गरेका छन् ।

बैठकमा प्रदेशसभा सदस्यहरु क्रमशः ओमकुमारी श्रेष्ठ, अमृता नेपाल, आशा लामा, जगन्नाथ थपलिया, ईश्वर सापकोटा, राजेन्द्र प्रजापति, उद्धव थापा, उर्मिला कुमारी, उर्मिला सुनुवार, कुमारी तामाङ, कृष्णप्रसाद शर्मा खनाल, केशवप्रसाद पोखरेल, प्रभात तामाङ, राजु विष्ट, रत्नप्रसाद ढकाल, गोविन्द लम्साल, गिरबहादुर तामाङ, मायादेवी शर्मा, जयराम थापा, भारतीकुमारी पाठक, ठाकुरप्रसाद ढकाल, ठूला थामी, डम्बरबहादुर तामाङ, डा दिनेशचन्द्र देवकोटा, बालकुमारी विश्वकर्मा, भरतबहादुर केसी, मीना पराजुली पोखरेल, रामकुमार पहाडी, रामप्रसाद ढुङ्गाना र रामेश्वर श्रेष्ठले बोलाएका थिए । रासस