१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । शनिबार बिहानै ललितपुरमा तीन जना कोरोना संक्रमितको निधन भएको छ । ललितपुरका अस्‍पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको ती अस्पतालले जनाएका छन् । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको बताइएको हो ।

ललितपुर स्वास्थ्य कार्यालयका अनुसार मृत्यु भएकामा अस्‍पतालमा उपचाररत ३ जना कोरोना संक्रमित दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।

पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ती ७२ वर्षीय पुरुषको यही भदौ १७ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

त्यसैगरी ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि शनिबार बिहान मृत्यु भएको छ । उनी यही भदौ २६ गते सो अस्पतालमा भर्ना भएका थिए ।