१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा थपिए कोरोनका ४० जना नयाँ संक्रमित



अ+ अ-

बाँके । बाँकेमा थप ४० जना नयाँ संक्रमित थपिएका छन्। भेरि अस्पतालमा र बागेश्वरी ल्याबमा परीक्षण गर्दा ४० जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये १२ महिला र २८ पुरूष छन्।

शनिबार भेटिएकामध्ये ८ जना मालपोत कार्यालयका कर्मचारी रहेका छन्। जसमा लेखा अधिकृत समेत रहेको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

अन्य संक्रमित सबै सर्वसाधारण नागरिक रहेको उनले बताए।

योसँगै बाँकेमा मात्रै कुल संक्रमितको संख्या १ हजार ४ सय ४ जना पुगेको छ। त्यसमध्ये ४ सय १४ जना सक्रिय संक्रमित छन्।
 

हालसम्म बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ।