१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आन्दोलनरत पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

आन्दोलनरत पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) गोमादेवी तिमिल्सिनाले पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारीहरुको यथाशिघ्र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले पशुपति क्षेत्र विकास कोषका कर्मचारी निरन्तर आन्दोलनमा भएपनि सरकार गम्भिर नभएको बताउनुभएको हो । उहाँले अदालतले श्रमिकका पक्षमा फैसला गरेको भएपनि सरकारले चासो नलिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लामो समयदेखि आन्दोलनमा रहेका पशुपति विकास कोषका श्रमिकहरुको बारेमा जानकारी छैन कि भनेर फेरि जानकारी गराउन खोजेको छु । ३७ जना महिला श्रमिकहरु दुई महिनादेखि आन्दोलनमा हुनुहुन्छ । उहाँहरु आन्दोलनमा लाग्न लागेको पनि दुई महिना वित्न लागेको छ । सरकारले त्यसबारेमा जानकारी नभएर हो कि चासो लिएको छैन । अध्यक्षज्युमार्फत सरकारलाई यो अनुरोध गर्न चाहन्छु ।’

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले डडेलधुरको परशुराम नगरपालिकामा छोटिभन्सार कार्यालय स्थापना गर्न माग गर्नुभएको छ । उहाँले परशुराम धाम नजिकै रहको छोटि भन्सार कार्यालय संघीयता आएसँगै खारेज भएको कारण स्थानीय प्रशासनबाट आम उपभोक्ता प्रताडित भएको बताउनु भयो । उहाँले तत्काल छोटि भन्सार कार्यालय स्थापना गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘डडेलधुराको परशुराम गरपालिकाको वडा नं ५ परिगाउँ भन्ने ठाउँमा छोटि भन्सार कार्यालय थियो । त्यो बन्द भएपनि त्यहाँबाट दुई सय भन्दा बढी मान्छेको ओहोर दोहोर हुने भइराख्छ । भारतबाट दशृनको लागि मान्छेहरु पनि आउने गर्छन । त्यहाँ छोटि भन्सार नहुँदा नागरिकलाई सानो सामान ल्याउँदा पनि स्थानीय प्रशासनले दुःख दिने काम गरेको छ । त्यहाँ तत्काल छोटि भन्सार कार्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण होस् भन्ने कुरा माग गर्न चाहन्छु ।’

उहाँले डडेलधुरामा परशुरामधाम समेत रहेको उल्लेख गर्दै स्थानीयको ओहोरदोहोर सजिलो बनाउन समेत माग गर्नुभयो ।