७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौंमा सबै पसल खुल्ला

काठमाडौंमा सबै पसल खुल्ला
अ+ अ-

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको आदेश विपरित काठमाडौं उपत्यकाभित्रको बजार सञ्चालनमा आएको छ । उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो बनाई सातामा तीन दिन पसल सञ्चालन गर्न पाउने गरी दिन नै तोकेको छ । तर हरेक दिन सबैजसो पसल व्यवसाय सञ्चालन हुन थालेका छन् । जसका कारण काठमाडौंको न्यूरोड, असन, महाबौद्ध क्षेत्रमा भिडभाड बढेको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो पार्दै पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो । जस अनुसार खाद्यवस्तु, दुधजग्य पदार्थ, फलफुल, तरकारी, माछामासु लगायतका पसलहरु दैनिक विहान ११ बजे सम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने छ । तर सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य सोही प्रकृतिका सबै पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ । फर्निचर, अटो मोबाइल सम्बन्धि पसलहरु भने सोमबार र बुधबार मात्र खोल्न पाइने नियम लगाइएको छ । तर आइतबार उपत्यकाका विभिन्न बजार क्षेत्रमा पुग्दा सबैखाले पसलहरु सञ्चालनमा आएको पाइएको छ । त्योपनि तोकिएको मापदण्ड पालना नगरी । 

काठमाडौंको इन्द्रचोक, असन, महाबौद्ध लगायतका व्यापारिक क्षेत्रमा पुग्दा अधिकांश पसलहरु सञ्चालनमा आएका छन् । सरकारले तोके अनुसार आज (आइतबार) भाँडा र भान्सा जन्य पसलहरु, अटोमोबाइल, फर्निचार मात्रै खोल्न पाईन्छ । तर सबै फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल समेत खुलेको पाइएको छ । जुन सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने छ । सरकारको आदेश विपरित सञ्चालनमा आएका यस्ता पसलहरुमा मापदण्ड समेत पालना नभएको पाइएको छ । केही व्यवसायीहरु मास्क समेत नलगाएका देखिन्छन् । बाजरमा किनमेल गर्न पुगेका उपभोक्ताहरु पनि व्यवसायीहरुले कोभिड संक्रमण रोकथामका लागि कुनैपनि मापदण्ड पालना नगरेको बताउँछन् । 

सरकारले फुटपाथ, ठेला व्यापार, स्टेशनरी पसल, इलोक्ट्रोनिक्स पसल, डिपार्टमेन्टल स्टोर लगायतलाई बिहान ११ बजे सम्म र बेलुकी ४ बजे देखि ७ बजे सम्म मात्रै खोल्न पाउने नियम बनाईदिएको छ । तर यस्ता पसलहरु दिनभर खुल्ने गरेका छन् । सरकारले पसल सञ्चालनमा मापदण्ड पालना भए नभएको अनुगमन नगर्दाको फाइदा व्यवसायीहरुले भरपुर लिएका छन् ।