७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

ट्रान्सफर स्टेशनमा फोहोर शून्य : बर्खामा पहिलो पटक यो अवस्थामा आएको विभागको दावी

ट्रान्सफर स्टेशनमा फोहोर शून्य : बर्खामा पहिलो पटक यो अवस्थामा आएको विभागको दावी
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरले फोहोर संकलन र ढुवानीका लागि प्रयोग गर्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशन अहिले फोहोरशून्य भएको छ । बर्खायाममा यो अवस्था ल्याउनु सजिलो काम होइन, कोभिड महामारीका बेलामा ज्यानको माया नगरी सबै कर्मचारीले काम गरेकाले यो अवस्था ल्याउन सकिएको हो ।

वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — बिगत बर्षमा बर्खामा आफ्नो प्रयासले मात्र नहुने भएपछि कहिले गाडी भाडामा लिएर, कसैलाई तेल दिएर फोहोर ढुवानी गराउने गरिएको थियो । यस बर्ष हामीले फोहोर लैजान कसैलाई तेल दिएका छैनौं । कुनै गाडी भाडामा लिएका छैनौं । उहाँकाअनुसार यस बर्ष ल्याण्डफिल साइट र ट्रान्सफ। स्टेशनमा प्रयोग गर्न कुनै डोजर पनि भाडामा लिइएको छैन । यसबाट महानगरको करीब १२ लाख रुपैयाँ बचत भइसकेको छ । 

सिसडोलमा फोहोर बोकेर जाने ठूला सवारी, जेसिभि, लोडर समयमा नै मर्मत ग¥यौं । ल्याण्डफिल साइटमा प्रयोग गर्न खरिद गरिएको डोजर समयमा नै आइपुग्यो । प्रगतिका बिषयमा जानकारी दिँदै फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर निर्मलराज बराल भन्नुहुन्छ — विगत बर्षहरुमा हामी सडक हेर्दैनथ्यौं । यस बर्ष सडकको अवस्था हामी आफैंले हे¥यौं । सडकमा भत्किने समस्यालाई तत्कालै सुधार गरेपछि थप भत्किन पाएन । यसकारण पनि बर्खामा साइटमा पुग्न सजिलो भयो । 

कोभिडका कारण उपत्यकामा फोहोर उत्पादन घटेर व्यवस्थापकीय खर्च घटेको र ट्रान्सफर स्टेशनमा फोहोर शुन्य भएको त होइन? प्रश्नको उत्तरमा महाशाखा प्रमुख बराल थप्दै भन्नुहुन्छ — कोभिडले फोहोरको परिमाण घटेको छैन । अहिले पनि दैनिक औसतमा १२० देखि १३० वटासम्म ठूला सवारीले साइटमा फोहोर पु¥याइरहेका छन् । 

यस अघि गएको बर्ष कार्तिक ३ स्टेशनलाई शुन्य बनाएर अवस्थालाई कायम राख्ने योजनाअनुरुप काम भइरहेको थियो । वीचमा सवारी साधन, ल्याण्डफिल साइट र त्यहाँ पुग्ने सडकका कारण केही फोहोर स्टेशनमा रहने सकिने हुँदै आएकोमा भदौ २६ गते स्टेशन शुन्य फोहोर भयो । आज पनि स्टेशनमा फोहोर शुन्य नै छ ।  

त्योभन्दा पनि अघिल्लो समय हेर्दा २०७२ भदौ २२ गते मंगलबारका दिन पनि ट्रान्सफर स्टेशनलाई फोहोरशून्य बनाइएको थियो । 

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ ।