१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

24.83°C

काठमाडौं

24.83°C

Kathmandu

Feels-like: 23.94

Wind: 3.86

Humidity: 22

तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथिभरा मुकुम्लुङ केवलकार निर्माण विवाद: ६ बुँदे सहमति-आन्दोलन स्थगन



अ+ अ-

काठमाडौं। पाथिभरा मुकुम्लुङ केवलकार निर्माण विवाद बारे सरकारी वार्ताटोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुका बीच ६ बुँदे सहमति भएको छ ।

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

टोलीले सोमबार र मंगलबार दुईचरणमा गरेको वार्तामा पाँच बुदे सहमति भएको हो । सहमति अनुसार निर्माण कम्पनीले केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र असन्तुष्ट पक्षले पनि आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेका छन् ।

सहमतिका बुँदाहरु

१। पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी बैठकमा विस्तृत छलफल गर्ने ।

२। सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको नि:शुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।

३। २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।

४। आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।

५। मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।

६। मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को बैठक मिति २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने ।