४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने



जापानका प्रधानमन्त्री शिगेरु इसिबा
अ+ अ-

एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताउनुभएको छ ।

“यदि परिस्थितिले अनुमति दिए उहाँ फेब्रुअरी ६–८ (बिहीबारदेखि शनिबार) मा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुनेछ र वासिङ्गटन डिसीमा राष्ट्रपति ट्रम्पसँग पहिलो पटक जापान–अमेरिका शिखर बैठक गर्नुहुनेछ”, हायाशीले भन्नुभयो, “यस भ्रमणमार्फत हामी नयाँ अमेरिकी प्रशासनसँग विश्वासको बलियो सम्बन्ध निर्माण गर्न र अमेरिका–जापान गठबन्धनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ ।”

निक्केई व्यापार दैनिकले इसिबाले ट्रम्पसँग अमेरिकी शेल ग्यासको आयात बढाउने विषयमा छलफल गर्न चाहेको जनाएको छ । यो राष्ट्रपतिको ‘ड्रिल, बेबी, ड्रिल’ को प्रतिज्ञासँग मेल खान्छ ।

इसिबाले नोभेम्बरमा तत्कालीन राष्ट्रपति–निर्वाचित ट्रम्पसँग छोटो टेलिफोन वार्ता गर्नुभएको थियो र जनवरीमा उहाँको शपथग्रहण अघि नै भेट्ने असफल प्रयास गर्नुभएको बताइएको थियो ।

यद्यपि ट्रम्पले डिसेम्बरमा जापानका हत्या गरिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेकी विधवा आकिए आबेलाई फ्लोरिडास्थित आफ्नो निवासमा मेलानिया ट्रम्पसँग निजी डिनरको आयोजना गर्नुभएको थियो ।

गत हप्ता इसिबाले क्षेत्रीय स्थिरताका लागि संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सम्बन्धको महत्त्वलाई जोड दिनुभएको थियो ।

“यस क्षेत्रमा शक्तिको सन्तुलनमा ऐतिहासिक परिवर्तन आएको छ, हामीले जापान–अमेरिका सहयोगलाई ठोस रूपमा अझ गहिरो बनाउनुपर्छ”, इसिबाले संसद्लाई भन्नुभयो, “शक्ति रिक्तताले क्षेत्रीय अस्थिरतातर्फ नडोर्‍याओस् भन्नका लागि यस क्षेत्रप्रति अमेरिकी प्रतिबद्धता सुनिश्चित गर्न जारी राख्नुपर्छ ।”

उहाँको टिप्पणीले एसिया–प्यासिफिकमा चीनको सैन्य निर्माण र ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिहरूमा तनावलाई जोड दिन्छ, जसमा जापान जस्ता सहयोगी राष्ट्रहरूलाई रक्षा खर्चको ठूलो हिस्सा बेहोर्न लगाउने माग पर्न सक्छ ।

जापान र संयुक्त राज्य अमेरिका प्रमुख रक्षा सहयोगी र एक अर्काका शीर्ष विदेशी लगानीकर्ता हुन् ।

डिसेम्बरमा पनि इसिबा अघि जापानी प्रविधि लगानीकर्ता सफ्टब्यांकका प्रमुख मासायोशी सन ट्रम्पका साथमा संयुक्त राज्य अमेरिकामा एक खर्ब डलरको लगानी घोषणा गर्न उभिनुभएको थियो ।

सनले ट्रम्पको शपथग्रहणमा पनि भाग लिनुभएको थियो । त्यसपछि सफ्टब्यांकले क्लाउड दिग्गज ओराकल र च्याटजिपिटी–निर्माता ओपनएआईसँग मिलेर संयुक्त राज्य अमेरिकामा एआई पूर्वाधार निर्माण गर्न पाँच खर्ब डलरको स्टारगेट परियोजनाको नेतृत्व गर्ने घोषणा गर्नुभयो ।

त्यसपछि सोमबार साँझ सन र ओपनएआई प्रमुख साम अल्टम्यानले इसिबालाई भेट्नुभयो र ‘स्टारगेटलाई जापानमा विस्तार गर्ने’ बारेमा छलफल गरेको सनले पछि पत्रकारहरूलाई बताउनुभयो ।

“हामी अत्याधुनिक एआई पूर्वाधार निर्माण गर्न चाहन्छौँ, मेरो मतलब विश्वकै सबैभन्दा ठूलो, अत्याधुनिक एआई डाटा केन्द्रहरू हो”, सोनले थप विवरण नदिई भन्नुभयो ।