२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहारा सहकारी ठगी प्रकरणः अदालतमा पेस भएको अभियोगपत्र यस्तो छ (पूर्णपाठसहित)



अ+ अ-

काठमाडौँ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की जिल्ला अदालतमा ३२ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दर्ता भएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले मंगलबार रास्वपाका सभापति रवि लामिछानेसहित १५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको निष्कर्ष निकालिएको छ । जसमा कुल ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ मागदाबी गरिएको छ ।

कुल ४४६ जनाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ १८ पैसा र पूरक जाहेरी दिने १० जनाको थप ४३ लाख ९४ हजार ६३१ रुपैयाँ १ पैसा रकम हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अभियोगपत्रमा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हब्र्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८९७, जीबी ग्रुप अफ कम्पनिजमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङउड रियलस्टेट एण्ड हाउजिङमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ गएको देखिएको छ । यस्तै, नेचर नेष्ट कम्पनीमा ६ करोड ५१ लाख १० हजार ३२२ र गोरखा ग्रुप अफ मल्टी इन्भेष्टमेन्ट– १७ लाख ५८ हजार रुपैयाँ गएको देखिएको छ ।

प्रतिवादीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/02/sahakari.pdf”]