३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा आगलागी हुँदा दुई घर नष्ट



symbolic-picture
अ+ अ-

जुम्ला। यहाँको चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।

चन्दननाथ–३ का खिपप्रसाद उपाध्याय र धर्मप्रसाद उपाध्यायको घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख छेदिलाल कामतीले जानकारी दिनुभयो । विद्युत्को तार सट भएर आगो लागेको अनुमान गरिएको छ ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी परिचालन गरिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।