२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आज जापानको टोकियोमा आयोजना गरेको ‘देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतहरू’ विषयक अन्तरक्रिया कार्यक्रमा महासचिव पोखरेलले सबैले मिलेर मुलुक बनाउनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले जापानमा बस्ने नेपालीले पनि मुलुक बनाउनका लागि योगदान गर्नुपर्ने बताए । उनका स्वकीय सचिव सरोज रेग्मीका अनुसार महासचिव पोखरेलले आलोचनाले मात्र देश नबन्ने उल्लेख गरेका छन्। मुलुकमा लगानी गर्ने वातावरण वर्तमान सरकारले बनाइरहेको उनको भनाइ थियो ।

महासचिव पोखरेलले संविधान उत्कृष्ट भए पनि राज्य बलियो नहुँदा मुलुक अगाडि बढ्न नसकेको उल्लेख गर्दै प्रवासी नेपालीलाई  मुलुकप्रति सकारात्मक धारणा बनाउन आग्रह गरेका छन् । अर्थतन्त्रको आधारशिला कामदार हुन् । नेपालमा श्रमिकको सङ्ख्या धेरै छ । अब कानुनी सुधार र राजनीतिक सुधारको बाटोबाट अगाडि बढ्ने प्रत्यनमा छौँ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य सूर्य पाठकले जापानमा रहेका प्रवासीलाई नेपालमा आएर लगानी गर्न आग्रह  गरेका छन् ।