२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आज जापानको टोकियोमा आयोजना गरेको ‘देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतहरू’ विषयक अन्तरक्रिया कार्यक्रमा महासचिव पोखरेलले सबैले मिलेर मुलुक बनाउनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले जापानमा बस्ने नेपालीले पनि मुलुक बनाउनका लागि योगदान गर्नुपर्ने बताए । उनका स्वकीय सचिव सरोज रेग्मीका अनुसार महासचिव पोखरेलले आलोचनाले मात्र देश नबन्ने उल्लेख गरेका छन्। मुलुकमा लगानी गर्ने वातावरण वर्तमान सरकारले बनाइरहेको उनको भनाइ थियो ।

महासचिव पोखरेलले संविधान उत्कृष्ट भए पनि राज्य बलियो नहुँदा मुलुक अगाडि बढ्न नसकेको उल्लेख गर्दै प्रवासी नेपालीलाई  मुलुकप्रति सकारात्मक धारणा बनाउन आग्रह गरेका छन् । अर्थतन्त्रको आधारशिला कामदार हुन् । नेपालमा श्रमिकको सङ्ख्या धेरै छ । अब कानुनी सुधार र राजनीतिक सुधारको बाटोबाट अगाडि बढ्ने प्रत्यनमा छौँ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य सूर्य पाठकले जापानमा रहेका प्रवासीलाई नेपालमा आएर लगानी गर्न आग्रह  गरेका छन् ।




भर्खरै