१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली



अ+ अ-

काठमाडौँ । सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्मका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हुन् ।

तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि उक्त मन्त्रालय र प्रवक्ताको जिम्मेवारी अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका युवराज खतिवडाले खतिवडालाई दिइएको थियो ।

खतिवडाले राजीनामा दिएपछिका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएका थिएनन् । खतिवडाले सम्हाल्दै आएका मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हालिरहेका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्री ज्ञवालीलाई मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने जिम्मेवारी तोकिएको हो । सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने गरेकोले नयाँ मन्त्री नियुक्त नहुँदासम्म उक्त जिम्मेवारी परराष्ट्रमन्त्रीलाई दिइएको हो ।

पछिल्लो समय बिहीबार मात्रै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने गरिएको छ । प्रवक्ताको जिम्मेवारी पाएका ज्ञवालीले आगामी बिहीबार मन्त्रिपरिषद्का पछिल्ला दुई बैठकका निर्णय सार्वजनिक गर्नेछन् ।