२० माघ २०८१, आईतवार
,
Latest
ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु… ३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा सट्टावाजी गर्ने समूह पक्राउ एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र पुलिसले जित्यो टाइगर कप भलिबलको उपाधि कारागार चलान भए उमागौरी सहकारीका अध्यक्ष रौनियार शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

साथै उहाँहरूले अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद गङ्गाकुमारी बेल्बासेले अछामको ढकारी गाउँपालिकामा सरस्वती खड्का र ईश्वरी खड्काको हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्न र आगामी दिनमा त्यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शारदादेवी भट्टले किशोरीको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्नु तथा दिनप्रतिदिन महिला हत्याको घटना बढ्नु बिडम्बना भएको बताउनुभयो ।

सांसद गोपीबहादुर सार्की अछामीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा २२ वर्षीय दिनेश विक प्रेमिकालाई भेट्न जाँदा गाउँलेले कुटपिट गरेर हत्या गरेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।

सभाका अर्का सदस्य जगप्रसाद शर्माले स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक हक कार्यान्वयन गर्न खानेपानी वितरण प्रक्रियामा लाग्दै आएको विद्युत् महसुल मिनाहा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तारामान स्वाँर, मायाप्रसाद शर्मा र तुलसाकुमारी दाहालले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि सङ्घीय सरकारले ध्यान दिनुपर्ने, जाजरकोट भूकम्पबाट प्रभावितका आवास पुनःनिर्माणमा ढिलाइ हुन नहुने तथा संविधानको भावनाअनुसार कानुन निर्माण गर्न सङ्घीय संसद्को चालु अविधेशन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाको बैठक जारी छ ।