२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

धरान । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्ने बताउनुभएको छ ।

धरानका नागरिकसँगको भेटघाट कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताउनुभयो ।

पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरि तीन जिल्लालाई पिउनसँगै र सिंचाइ गर्न लागि समेत पुग्ने उहाँको भनाई थियो ।

धरानदेखि करिब चार किलो मिटरको टनेलबाट पानी ल्याउन सकिने सम्भाव्यता अध्ययन भइसकेको र त्यसका लागि धरानका स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँले बताउनु भयो ।

प्रदेश सरकारले धरान–मूलघाट सुरूङ मार्ग सम्भाव्यता अध्ययनका लागि बजेटसमेत विनियोजन गरेको थियो ।

धरानमा खानेपानीको हुँदै आएको छ । पानीको बहस भइरहेका वेला पूर्वराष्ट्रपति भण्डारीले तमारको पानी ल्याउन सुझाउनुभएको हो । भण्डारी केही दिनदेखि पूर्वका विभिन्न कार्यक्रममा सहभागी जनाउदै आउनुभएको छ । कार्यक्रममा सहभागितासँगै एमाले पार्टी नेता तथा कार्यकर्ताहरूलाई भेट्दै आउनु भएको छ । उहाँले सक्रिय राजनीतिमा जाने संकेतसमेत गर्दै आउनुभएको छ ।