१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दुई तिहाईको सरकार छ भन्दैमा मनलाग्दी गर्न पाइँदैनः वरिष्ठ उपाध्यक्ष पाण्डे

दुई तिहाईको सरकार छ भन्दैमा मनलाग्दी गर्न पाइँदैनः वरिष्ठ उपाध्यक्ष पाण्डे
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरङ्कुश शासनको झल्को दिएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । सरकारले वितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौं भन्नको लागि अध्यादेश ल्याइएको उहाँको आरोप छ । उहाँले दुई तिहाईको घमण्ड नगर्न सत्तारुढ दलका नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले दुई तिहाईको सरकार छ भन्दैमा सरकारले मनलाग्दी गर्न नपाउने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले वितेका ६ महिनामा आर्थिक सुधार भएको दाबी गरेपनि सूचकहरुले सकारात्मक नरहेको बताउनु भयो । उहाँले सरकारले अहिलेसम्म बे्रक थ्रु बाहेक केही गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले सरकारले अध्यादेशको बाढी नै लगाइ दिएको छ । अध्यादेश सरकारले न्याउनै नपाउने होइन । ल्याउन सक्छ । दुईवटा अधिवेशनको बीचमा विशेष आवश्यकता पर्यो भने अध्यादेश ल्याउनकै लागि नै संवैधानिक व्यवस्था भएको हो । तर सरकारले केही दिनमै अधिवेशन शुरु हुँदैछ भन्ने जानी जानी हतार हतारमा किन ल्याउनुपर्यो ? दुई वटा पार्टी मिलेर सरकार बनाएका छन् । र ६ महिनाको बीचमा राम्रो देखाउन लायक काम केही गर्न सकिएन । र अध्यादेशबाट हामीले विकासको ढोका खोल्यौं भन्नको लागि पनि अध्यादेश ल्याउनुप¥यो । अध्यादेश ल्याउने परिपाटीले सांसदहरुलाई पार्टीभित्रै पनि बाध्यकारी पारेर छलफल गर्ने ठाउँ छैन जसरि पनि पास गर्नुपर्छ भन्ने ढंगले जाने स्थिति देखिन्छ । यो दुई दल मिलेपछि दुई तिहाई छ भन्नुहुन्छ । त्यसो हो भने जे जे मन लाग्यो त्यही त्यही गरे भैगो नि त । जे पायो त्यही गर्नको लागि दुई तिहाई हो ? त्यसो भएको हुनाले दुई तिहाईको घमण्ड नगरौं पनि भन्न चाहन्छु म । सँगसँगै बस्दै आएका साथिहरु हौं । दुई तिहाई छ भन्दैमा जे मन लाग्छ त्यही गर्नु हुँदैन । यो कुराले निरङ्कुश साशनको झल्को देखिन्छ । प्रधानमन्त्रीले लामो सुनाउँदा धेरै प्रगति भएछ लागेको थियो । धेरै ब्रेक थ्रु भएछ । उहाँले आर्थिक क्षेत्र सुधार भएको कुरा पनि गर्नुभयो । तर सुचकले त त्यस्तो भन्दैन । रोजगार बढाउने कुनै काम भएको छैन । गाउँहरु खालि भएको छ ।’

उहाँले मिटरब्याज पीडित समस्याहरु अहिलेसम्म समाधान नभएको बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने ऐनहरु नल्याइएको र संसदबाट पास भएका ऐनहरु समेत कार्यान्वयन नभएको उहाँको भनाइ छ ।