२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा बिजनेसको अभाव हुँदैनः सांसद न्यौपाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद भगवती न्यौपानेले संसदमा बिजनेसका अभाव नहुने बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले अहिलेको अधिवेशनमा संसदलाई बिजनेसको अभाव नहुने बताउनुभएको हो । उहाँले राष्ट्रिय सभालाई पनि महत्व दिएर सरकारले विधेयकहरु दर्ता गरिरहेको उल्लेख गर्दै यस अधिवेशनमा बिजनेस बिहीन हुनुपर्ने स्थिति नरहेको बताउनु भयो । राष्ट्रिय सभामा रहेका विधेयकहरु कसरी व्यवस्थित, जनता र देशको पक्षमा बनाउने भन्नेमा सोच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिय सभालाई पनि महत्व दिएर विधेयकहरु दर्ता हुन थालेका छन् । हामीलाई बिजनेसको कुनै समस्या हुन्छ भन्ने लाग्दैन । त्यसैले जति पनि विधेयकहरु राष्ट्रिय सभामा छन्, ति विधेयकहरुलाई कसरी व्यवस्थित बनाउने, जनता र देशको पक्षमा कसरी बनाउने रु कसरी विधि निर्माण गर्ने, सुशासन कायम गर्ने भन्ने बारेमा छलफल गर्नेछौँ ।’

उहाँले संसदको ऐन, कानून बनाउने मात्र नभइ बनेका ऐनहरको मापन र मूल्यांकन गर्नुपर्ने बतउनु भयो ।