२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु भएको केहिबेरमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरे विषयबस्तुमा प्रवेश गर्दै गर्दा आफ्नो आसनबाट उठेर रास्वापाका सांसदले बैठक अवरोध गरेका हुन् ।

सभामुखले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसद आग्रह गरेका छन् ।

यसैबिच, सभामुखले आफ्नो आसनमा बसेर सभा सञ्चालनमा सहयोग गर्न आदेश समेत दिएका छन् ।

अहिले पनि रास्वपा सांसदहरुले उभिएर बिरोध जनाइरहेका छन् । संसद बैठक अघि बढ्न सकेको छैन ।