१४ माघ २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको मुद्दामा थुनछेक सकियो, जवाफी बहस जारी



अ+ अ-

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

रुपन्देही जिल्ला अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएको हो ।

योसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् । त्यसपछि जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्नेछन् ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले जवाफी बहस सकिएसँगै थुनछेक आदेश जारी गर्नेछ ।