४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री डा. कोइराला अस्पतालबाट डिस्चार्ज



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । मंगलबार साँझ ओम अस्पतालमा भर्ना भएका कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालाको शुक्रबार गरिएको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएपनि स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको स्वकीय तिवारीले बताए ।