२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल क्रान्तिकारीको मतगणना सुरु



अ+ अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ।

लुम्बिनी प्रदेशबाट प्राप्त भएको मतगणनाको विवरणमा विजय सापकोटालाई सुरुवाती अग्रता मिलेको छ। अहिलेसम्म ४० मत गन्दा अध्यक्षमा सापकोटाले २२, हेमन्त राइले ११, सुदिन पौडेलले २ र उपदेश यादवले शून्य मत पाएका छन्। ५ मत बदर भएको छ। लुम्बिनीमा कुल १९४ मत खसेको छ।

अखिल क्रान्तिकारीमा अध्यक्षका लागि उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन्।  चारै जनालाई माओवादीको केन्द्रीय पदाधिकारी तहका छुट्टाछुट्टै नेताहरुको समर्थन छ।

अध्यक्षका उम्मेदवार उपदेश यादव  वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, विजय प्रकाश सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल उपमहासचिव वर्षमान पुन र हेमन्त राई उपमहासचिव जनार्दन शर्मानिकटका हुन्।