१ असार २०८३, सोमबार
,
Latest
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टरबाट बिरामीको उद्धार



फाईल फोटो
अ+ अ-

बझाङ । यहाँ दुई बिरामीको हेलिकप्टरबाट  उद्धार गरिएको छ । दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका दुई बिरामीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो । 

साइपाल – ४ घर भएकी १९ वर्षीया सुनिता रोकाया सुत्केरी भएको नौ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि जिल्ला बाहिर रिफर गरिएको र सोही ठाउँकी २५ वर्षीया चार महिनाकी गर्भवती लामु तामाङको उच्च रक्तस्राव हुन थालेपछि धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा ठीक नभएपछि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला अस्पतालका डा सन्दीप ओखेडाले बताउनुभयो । 

नौ दिनसम्म धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा रक्तस्राव नरोकिएपछि बाहिर पठाउनुपरेको जनाइएको छ  । साइपाल गाउँपालिकामा अन्य यातायातका साधन नहँुदा उपचारमा समस्या तथा अकालमै ज्यानसमेत जाने गरेको छ ।  कतिपय बिरामीलाई हेलिकप्टरबाटै उद्धारसमेत गरिएको छ । 




भर्खरै