७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टेग्रिटी आइकन नेपाल २०२४ अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित



अ+ अ-

इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट यस वर्ष पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन्।

सम्मानित हुनेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी; बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक; राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी; जिल्ला स्वास्थ्य कार्यालय, पर्साका पब्लिक हेल्थ नर्सिङ अधिकृत मीरा कुमारी यादव; र पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया रहेका छन्।

२५० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रसारण १० हजारभन्दा बढी व्यक्तिले हेरेका थिए।

पाँच जना आइकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो। सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड प्रदान गरिएको थियो। जसअन्तर्गत, शर्मिला सुवेदी “Integrity with Compassion,” बोधराज पाठक “Integrity with Innovation,” मनपुरण चौधरी “Integrity with Courage,” मीरा कुमारी यादव “Integrity with Dedication,” र मनहर कडरिया “Integrity with Action” टाइटलबाट सम्मानित भएका थिए।

“इन्केग्रिटी आइकन २०२४” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिँदै निर्वाचन आयोगका भूतपूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भन्नुभयो, “सार्वजनिक सेवामा रहेर असल आचरणलाई आत्मसाथ गरेर काम गर्दैगर्दा पनि प्रोत्साहन नमिल्न सक्छ , यसले काम गर्दा  निरास पनि बनाउन सक्छ , निष्ठा भनेकै जस्तो सुकै परिस्थितिमा पनि आत्मबल बढाएर काम गर्नु हो , आज सम्मान्नित हुनुभएका सबै जना इन्टेग्रिटी आईकनले यसलाई  चरितार्थ पार्नुभएको छ र यो देशलाई पनि यस्तै कर्मचारी चाहिएको छ l”