११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टेग्रिटी आइकन नेपाल २०२४ अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित



अ+ अ-

इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट यस वर्ष पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन्।

सम्मानित हुनेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी; बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक; राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी; जिल्ला स्वास्थ्य कार्यालय, पर्साका पब्लिक हेल्थ नर्सिङ अधिकृत मीरा कुमारी यादव; र पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया रहेका छन्।

२५० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रसारण १० हजारभन्दा बढी व्यक्तिले हेरेका थिए।

पाँच जना आइकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो। सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड प्रदान गरिएको थियो। जसअन्तर्गत, शर्मिला सुवेदी “Integrity with Compassion,” बोधराज पाठक “Integrity with Innovation,” मनपुरण चौधरी “Integrity with Courage,” मीरा कुमारी यादव “Integrity with Dedication,” र मनहर कडरिया “Integrity with Action” टाइटलबाट सम्मानित भएका थिए।

“इन्केग्रिटी आइकन २०२४” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिँदै निर्वाचन आयोगका भूतपूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भन्नुभयो, “सार्वजनिक सेवामा रहेर असल आचरणलाई आत्मसाथ गरेर काम गर्दैगर्दा पनि प्रोत्साहन नमिल्न सक्छ , यसले काम गर्दा  निरास पनि बनाउन सक्छ , निष्ठा भनेकै जस्तो सुकै परिस्थितिमा पनि आत्मबल बढाएर काम गर्नु हो , आज सम्मान्नित हुनुभएका सबै जना इन्टेग्रिटी आईकनले यसलाई  चरितार्थ पार्नुभएको छ र यो देशलाई पनि यस्तै कर्मचारी चाहिएको छ l”