३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछ : प्रधानमन्त्री

सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछ : प्रधानमन्त्री
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताए ।

नेपाल सरकारद्वारा आज यहाँ आयोजित सगरमाथा संवाद घोषणा समारोहमा उहाँले यो संवाद, संवाद, सहमति र सहकार्यको माध्यमबाट विश्वव्यापी समझदारी र सहयोगलाई बढावा दिने नेपालको नीतिअनुरूप रहेको बताउनुभयो । यो संवाद साझा हित र मानव जातिको सामूहिक कल्याणको भावनाबाट प्रेरित रहेको उनको भनाइ छ ।

सुरूआतमा, हामीले सगरमाथा संवादको पहिलो संस्करण मे २०२५ मा ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा आयोजना गर्ने निर्णय गरेका छौँ”, प्रधानमन्त्री ओलीले भने आज हामी संवादको घोषणा गर्दै गर्दा, संयुक्त राष्ट्र सङ्घको हिमनदी संरक्षणको लागि अन्तर्राष्ट्रिय वर्ष २०२५ को आह्वानप्रति ऐक्यबद्धता पनि व्यक्त गर्दछौँ । यसले तीव्र गतिमा पग्लिरहेका हिमनदीको संरक्षण गर्न र हिउँले ढाकिएका हिमालयजस्ता पृथ्वीका दुर्लभ स्रोतहरूको महत्त्वबारे जनचेतना जगाउने उद्देश्य राखेको छ ।

उनले धेरै औद्योगिक देशहरूले प्रकृतिको मूल्यमा आफूलाई समृद्ध बनाएका उल्लेख गर्दै यस्ता प्रवृत्तिहरूले जलवायु परिवर्तनको मुद्दालाई पनि चर्काएको बताए । जलवायु परिवर्तनका कारण हुने विपत्तिले धेरैको ज्यान लिएको छ र विकासको बाटोलाई अझ महँगो बनाएको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले संस्कृतको भनाइ “वादैवादे जायते तत्त्वबोधः’ स्मरण गराउँदै यसले सत्य पत्ता लगाउनको लागि छलफलको महत्त्वलाई जोड दिने उल्लेख गरेका छन् ।

यो मेरो पनि दृढ विश्वास हो, आजका धेरै समस्याहरूको समाधान सामूहिक चिन्तन र साझा प्रतिविम्बनमा आधारित हुनुपर्छ । समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्न र बहु–सङ्कटले भरिएको बाटोमा अघि बढ्नको लागि एक खुला संवाद आवश्यक छ । यही कुरालाई महसुस गरी २०१९ मा सगरमाथा संवादको अवधारणा अघि सारिएको हो । तर, कोभिड–१९ महामारीको कारण यो संवादको पहिलो संस्करण आयोजना गर्ने हाम्रो प्रारम्भिक योजना स्थगित भएको थियो ।

हालका वर्षहरूमा नेपालले हासिल गरेका उपलब्धिलाई बिर्सनु नहुने उल्लेख गर्दै उहाँले  नेपालले लोकतन्त्रलाई सबै आयाममा व्यापक बनाउन हरसम्भव प्रयास गरिरहेको जानकारी गराए । “राजनीतिक मुद्दाहरू लगभग समाधान भइसकेपछि, हामी सामाजिक–आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित छौँ । हाम्रो राष्ट्रिय आकाङ्क्षा, “समृद्ध नेपाल, सुखी नेपाली, “आर्थिक समानता र सामाजिक कल्याणमा आधारित छ”, प्रधानमन्त्री ओलीले भने ।

सगरमाथा संवादको पहिलो संस्करण विशेषगरी हिमालको सन्दर्भमा जलवायु परिवर्तनको प्रश्नसँग सम्बन्धित हुने बताउँदै उहाँले यस वर्ष मात्रै नेपालले विभिन्न स्थानमा धेरै विपत्ति देखेको अवगत गराए । “हामीले देख्न सक्छौँ, जलवायु परिवर्तनले उच्च पहाड र तटीय क्षेत्रहरूमा सबैभन्दा बढी असर गरिरहेको छ । हिमालय पनि यसबाट अछुतो छैन ।

उचाइमा आधारित तापक्रम वृद्धिको कारण, हाम्रो हिमालको तापक्रम विश्व औसतभन्दा छिटो बढ्दैछ”, प्रधानमन्त्री ओलीले भने । नेपालका हिउँले ढाकिएका पहाडले पृथ्वीको जलवायुलाई स्थिर बनाउन प्राकृतिक भूमिका खेलेको बताउँदै उनले हिमालयलाई महासागरको स्वास्थ्य कायम राख्नको लागि महत्वपूर्ण प्रभाव पार्ने भएकाले ‘तेस्रो ध्रुव’ को रूपमा पनि चिनिने उल्लेख गरेका छन् ।

हिउँको तीव्र पग्लने र अप्रत्याशित वर्षाले एक समय हिउँले ढाकिएका सेता हिमाललाई कालो चट्टानमा परिणत गरेको बताउँदै उहाँले जलवायु विपद्को सन्दर्भमा मानिस, समाज र संस्कृतिको अस्तित्व नै खतरामा परेको उल्लेख गरेका छन ।

हाम्रो कार्बन उत्सर्जन अत्यन्तै कम भए पनि, नेपालले जलवायु परिवर्तनको विनासकारी प्रभाव सामना गरिरहेको छ । यद्यपि, नेपाल सन् २०४५ सम्ममा शून्य उत्सर्जनमा पुग्ने र महत्वाकाङ्क्षी जलवायु योजना कार्यान्वयन गर्न प्रतिबद्ध छ ।

हामीले वन क्षेत्र विस्तार गरेका छौँ, स्वच्छ ऊर्जालाई प्रवद्र्धन गरेका छौँ र जैविक विविधताको रक्षा गरेका छौँ । तर, हाम्रो प्रयास मात्र पर्याप्त छैन र हामी जलवायु सङ्कटको लागि ऐतिहासिक रूपमा जिम्मेवार भएकाको लापर्वाहीलाई सधैँभरि क्षतिपूर्ति गर्न सक्दैनौँ । रासस